नियम
सेवामा रहने समूह, श्रेणी र पद

(१) सेवामा कामको प्रकृति, सो काम सम्पादन गर्न चाहिने न्यूनतम शैक्षिक योग्यता र कार्य विशिष्टता समेतको आधारमा सेवाभित्रका समान प्रकृतिका पदहरु समावेश भएका अनुसूची–१ बमोजिमका समूहहरु रहनेछन् ।
(२) सेवामा देहायका श्रेणीहरु रहनेछन्:
(क) राजपत्रांकित
(१) विशिष्ट
(२) प्रथम
(३) द्वितीय
(४) तृतीय
(ख) राजपत्र अनड्ढित
(१) प्रथम
(२) द्वितीय
(३) तृतीय
(४) चतुर्थ
(३) सेवाको विशिष्ट श्रेणीमा अनुसूची–२ बमोजिमका पदहरु रहनेछन् ।
(४) विभिन्न समूहहरुमा रहने श्रेणीका र श्रेणी विहीन पदहरु अनुसुची–३ बमोजिम
हुनेछन् ।